सलह झुण्ड ( Locust Swarm )

– ललित बिसी / महेश भण्डारी

सलह किरा अफ्रिकाबाट सन् २००३ मा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी (Migratory) शत्रुजीव हो । अन्टार्कटिका र उत्तर अमेरिका बाहेक सबै जसो महादेशमा यो बिपत्ती फैलिएको पाइएको छ ।

सलह किराहरु धेरै प्रजातीका छन् । ती मध्य अस्ट्रेलियामा फैलिएको सलहलाई Australian Plague Locust भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई American Locust भनिन्छ, तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउदैन् ।

सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलह ( Schistocera gregaria ) लाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर बिनाश फैलाइरहेको छ । ऐले पाकिस्तान हुदै भारत सम्म आइपुगेको याे सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन पेनिनसुला(Arabian peninsula) मा दुइ ठूला साइक्लोन‍ले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ। 9 महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनिहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए।

नजिकैका एमन र ओमनले त्यतिबेला खाध सङकटमा जुधिरहेकाले उनिहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे र पछि यो किरा रेड सि र गल्फ अफ इडेनलाइ पार गरि अफ्रिका पुगेको मानिन्छ। २०१९ मा अफ्रिकाको सोमालियामा साईक्लोन का कारण भारि बर्षा भएको थियो । जसका कारण त्यहाँको माटो ओसिलो र वाताबरण हरियालि भयो। त्यसले यस किराको प्रजनन क्षमता र दर बढायो र यो सलह केन्या सम्म सन २०२० को पहिलो महिनामा पुग्यो। त्यहाँकाे बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गर्याे।

सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ । तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर( अण्डाबाट निस्किन उपक्यु्त वातावरण) सलह किराको प्रजजन् दर ( Breeding Rate ) बढेको पाइन्छ । हरेक पटकको प्रजननमा यो किरा २० गुणा सम्म बढे सङ्गसङ्गै नयाँ पुस्ता २० गुना ठूलो हुने हुने गर्दछ। र यस किराको बाँच्ने दर समेत ३-५ महिना जति हुने गर्दछ जुन वातावरणमा धेरै भर पर्छ ।

उमेर संगै पछाडीको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर सलह किराको रङ्ग, आहारा र प्रजजन् मा फरकपना आउँदछ । २०-४० दिन सम्मका किरालाइ होपर भनिन्छ र यसका पेखेटा पनि आइसकेका हुदैनन्। यो किरालाइ नियन्त्रण गर्ने उपयुक्त समय मानिन्छ र यसको रङ हरियो हुन्छ। त्यस पछि हरियो देखि खैरो र गुलाबि हुदै पहेलो रङको हुन्छन जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव छ।

यी किराहरु समुह बनाएर झुण्ड रुप लिई बसाइँसराइ गर्न थाल्दछन् । किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् । झुण्डमा स-साना पखेटाबिहिन निम्फहरु र बलिया वयस्कहरु पनि हुने गर्दछन् । यी सबै मिलेर बालीनालीलाई नष्ट पार्दछन् । सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । एक बर्गकिलोमीटर क्षेत्रफलमा ८० लाखसम्म किराहरु हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ भने यी किराहरु दैनिक ९० माईल(१५० किमि) सम्मको दुरि पार गर्न सक्दछन् । एक दिनमा यो किराले करिब ३५००० मान्छेले बराबरको खाना खान सक्ने र जुनको महिनामा यो बढेर १,७५००,००० सम्म पुग्ने अनुमान छ।

प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना पुस्तकहरुमा यस किरासम्बन्धि कुराहरु उल्लेख गरेका छन् । मुख्यत: कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन् । पहिलेपहिले माटो तथा हावाको माध्यमबाट बिषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो । हरेक १० बर्षमा सोलार Activity कम हुने र यसबाट आउने कज्मिक रे ले किरा तथा भाइरसको जिबन चक्रमा केहि फरकपना ल्याउने कुरा पनि कहि कतै भेटिेएको छ। १०० बर्षमा २०२० कि solar activity सब भन्दा कम रेकड गरिएको छ। जलवायु परिवर्तन जस्ता विभिन्न मानविय क्रियाकलापहरुले गर्दा पनि यो समस्या आएको हो र यसको जैविक तवरबाट चाडै यस किराको ब्यवस्थापन गरिनु पर्दछ भन्ने आधुनिक मान्यता आएको छ ।

अफ्रिका हुँदै इजिप्ट, जोर्डन र इजरायल जस्ता देशहरुमा लामो समयसम्म यस किराको प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको क्षति समेत पुर्याएको थियो । FAO ले अफ्रिकामा सलहि किरा ब्यबस्थापनलाइ सुरु गरेको कार्यक्रममा अरबाैको लगानि गर्दा पनि यो बर्ष अफ्रिकामा ५ करोड मान्छे खाध सङकटमा पर्ने कुरा जनाएको छ। यसको प्रकोपमा परेका देशहरु तल नक्सामा देखाइएको छ।

यो किरा ऐले इरान हुदै पाकिस्तान र भारतमा आइसकेको छ र नेपालमा प्रवेश गर्न सक्ने सम्भावना प्रवल देखिन्छ। यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरि छ। सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहल हरु भईरहेका छन् । तिमध्ये केही उपायहरु यसप्रकार छन् ।

१. विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा ( ULV form ) अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
२. कम दुरि उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
३. किराले प्रजजन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
४. टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलाप बाट पनि केही हद सम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
५. अलि बढी फैलिएको ठाउँमा भने जैविककिट्नाशक औषधि ( Biopesticides ; Fungai based Green Muscle ) प्रयोग गर्न सकिन्छ ।
६. भारतले यो बेला मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा Green Muscle भन्ने बिषाधिको प्रयोग सब भन्दा सफल देखिन्छ।

भर्खरै, भारतमा २६ बर्ष पश्चात् सलह किराको प्रकोप देखिएको समाचार आइरहेको छ । बैज्ञानिकहरुकोको अनुसार, भारत र पाकिस्तानको सिमानामा असमान मनसुन र समुन्द्री साईक्लोनको कारणले यो परिस्थिति सिर्जना भएको पुष्टि भएको छ ।

तसर्थ, यस किराको प्रकोप कम गर्नको लागि तुरुन्तै आवश्यक कदमहरु चाल्न जरुरी देखिन्छ । नत्र भने, भोलिको दिनमा मानव जीवन लगायत कृषि प्रणालीमा ठूलो प्रतिकुल असर पुगि खाद्यसंकट निम्तिन सक्ने सम्भावना देखिन्छ ।

सलहका केहि थप तथ्यहरु :

१. खान नपाएमा यो किराले एक अर्कालाई खाएर भोक मेटाउछ।
२. समुन्द्रमा एक हुल बसिसके पछि त्यो डुबेर मर्छ र अर्को हुल त्यस माथि बसेर जिबित रहन्छ।
३. सन १९३७ मा कोलोराडो सरकारले यसको नियन्त्रणको लागि आगो फाल्ने मेसिन र बम सम्मको प्रयोग गरेको थियो।

Leave a comment

Design a site like this with WordPress.com
Get started