रातो खपटे किरा

रातो खपटे किरा (Red Pumpkin beetle)

रातो खपटे किरा, काक्रो र फर्सी समूहका लहरे बालीमा जमिनको सतहभन्दा केही मुनी बस्ने र बिरुवाको कलिलो अवस्थामा बढी क्षति पुर्याउने एक प्रकारको हानिकारक किरा हो।

वयस्क खपटे चम्किलो रातो हुन्छ भने लार्भा फिक्का पहेँलो रङको हुन्छ ।

खपटे किरा सामान्यतया बिहान र बेलुकी पख देखिने हुनाले सम्भव भएसम्म टिपेर फाल्दा राम्रो हुन्छ। जमीनमुनि बस्ने भएकाले समयमै गोडमेल गर्नुपनि उत्तम हुन्छ।

यसको व्यवस्थापनका लागी बायोलेप( #Biolep; Trade name) (Biological Insecticide; contains stain of Bacillus thuringensis) १ ग्राम प्रति लिटर (१gm/lt) पानीमा मिसाई बेलुकीपख छर्ने, तथा nucleopolyhedrovirus (NPV) १ ml/lt पानीमा मिसाएर 10 देखि 15 दिनको फरकमा ३-४ पटक सम्म छर्नुपर्छ।

किराको प्रकोप बढी भएको खण्डमा साँझपख ५% #malathion घोल बनाई जमिन र पात भिज्ने गरी छर्नुपर्छ।


पाटे खपटे(Striped Cucumber beetle)

पाटे खपटे(Striped Cucumber beetle) -यस किराको क्षति अरु खपटे किरा भन्दा अलि फरक खालको हुन्छ। -यसले बोटमा भएका फुलहरु खान्छ र फल लाग्न दिँदैन यसको व्यवस्थापन गर्न रातो खपटे किरा जस्तै पद्धति अपनाउनु सकिन्छ।

Leave a comment

Design a site like this with WordPress.com
Get started